लक्ष्मी बैंकले ल्यायो क्यास ब्याक अफर

६ बर्ष अगाडि

काठमडाौं–नयाँ वर्ष २०७५ को अवसरमा लक्ष्मी बैंकले आफ्नो भिजा कार्ड प्रयोगकर्ताका लागि क्यास ब्याक आफर सञ्चालनमा ल्याएको छ । 
जस अन्तर्गत लक्ष्मी बैंकबाट भिजा कार्ड लिएका सबै ग्राहकहरुले नेपाल तथा भारतमा कार्ड मार्फत अनलाइन÷पीओएसबाट जुनसुकै किसिमको खरिदमा १० प्रतिशत वा रु. १००० सम्म रकम पुनः फिर्ता हुने क्यास ब्याकको  व्यवस्था गरिएको बैंकले जनाएको छ । यो व्यवस्था अप्रिल १५ देखि मे १५, २०१८ सम्म कम्तिमा ३ पटकसम्म कार्ड प्रयोग गर्ने ग्राहकहरुले यो सुबिधा प्राप्त गर्न सक्नेछन् ।  

यसका साथै बैकले यस अवधिभर खोलिने नयाँ खाताहरुमा इबैंकिङ प्याकेज  अन्तर्गत रु. १००० सम्मको बैकिङ्ग सेवाहरु जस्तैः भिजा डेबिट कार्ड,मोबाइल मनि र इन्टरनेट बैकिङ्ग सेवा निःशुल्क उपलब्ध गराइ रहेको समेत जानकारी दिएको छ । 

यस्ता  सुबिधाले ग्राहकलाई सहुलियत दिनुका साथै नगद रहित डिजिटल पेमेन्टलाई समेत प्रवर्धन गर्ने बैंकले विश्वास लिएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया