हिरो बने हास्यकलाकार मनोज गजुरेल, यो हो फिल्म

६ बर्ष अगाडि

काठमाडौं – हाँयकलाकार मनोज गजुरेल बने नायकको रुपमा  देखा पर्ने भएका छन् । उनको मुख्य भूमिका रहने चलचित्र ‘सयकडा दश’को छायांकन आज सोमबारदेखि राजधानीमा सुरु भएको छ । 

बौद्ध नयाँबस्तीस्थित सर्वेश्वर महादेव मन्दिरबाट चलचित्रको छायाँकन सुरु भएको हो । सोही अवसरमा अभिनेता राजाराम पौडेलले माला लगाएर गजुरेललाई चलचित्र अभिनयमा स्वागत गरे । 
  निर्देशक रामशरण पाठक रहेको चलचित्रमा अमृत ढुंगाना, करुणा श्रेष्ठले अनस्क्रिन रोमान्स गर्दैछन् । रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायतको पनि अभिनय रहेको छ ।  

रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दिलिप ओखेडाको नृत्य निर्देशन, कल्याण सिंहको संगीत छ । गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशाला गुरुङ र संदेश पाठकसँग टीमअप गर्दैछन् । 

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गर्न लागेका हुन् । काठमाडौं र पोखरामा सुट गरिने फिल्मको सेड्युल झन्डै एक महिनाको हुने जानकारी निर्देशक पाठकले दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया