वैशाख भित्रै जोडिदैछ राष्ट्रिय प्रसारणमा करिब १०० मेगावाट विद्युत्

४ बर्ष अगाडि

काठमाडौं – नयाँ वर्ष २०७६ हिजोदेखि सुरु भएको छ । नयाँ वर्षको पूर्व सन्ध्याको क्रममा मकवानपुरमा आयोजान स्थल रहेको कूल  २२ मेगावाट क्षमताको  वागमती जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

माण्डु हाइड्रो पावर कम्पनीले मकवानपुरमा  निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो । हाल आयोजनाले ६ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।

यस्तै मकवानपुरमा नै निर्माणाधिन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको सुरुङमा पानी परीक्षणको काम सुरु भएको छ । कूल १४ मेगावाट क्षमताको सो आयोजनाको पनि छिट्टै परीक्षण उत्पादन सुरु गर्ने तयारी गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको सो आयोजना लामो समयदेखि विवादमा परेको आयोजना हो ।

पछिल्लो समय सो आयोजना प्रगति भएपछि उत्पादनको क्रममा पुगेको हो ।

यस्तै नुवाकोटमा आयोजना स्थल रहेको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजनाको विद्युत समेत उत्पादनको तयारीमा रहेको छ । यही वैशाखको दोस्रो साता परीक्षण उत्पादन सुरु हुने प्राधिकरणले जनाएको छ ।

कुलेखानी र माथिल्लो त्रिशुली थ्री बी लामो समयदेखि समस्यामा परेका आयोजना हुन् । पछिल्लो समय प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सकारात्मक पहल पछि ती आयोजनाले गति लिएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया