मानव शरीरका २२ रोचक तत्थ्य,जुन तपाइलाई थाहाँ नहुन सक्छ

४ बर्ष अगाडि

काठमाडौँ – हाम्रो मानव शरीरमा धेरै रोचक तथ्यहरु छन् । कतिपय थाहा भइसकेका छन् त कतिपय थाहा नभएका पनि । तर हामीले मानव शरीरका २२ तथ्यहरुलाई यहा सार्वजनिक गरेका छौँ । 

यस्ता छन् २२ तथ्यहरु

१. प्रतिदिन पुरुषले ४० र महिलाले ७० रौं गुमाउँछन् । जुन शरीरबाट झर्छ ।

२. मानव शरीरमा त्यत्तिकै मात्रामा नुन हुन्छ जति समुद्रमा हुन्छ ।

३. रातिमा भन्दा मानिस बिहानमा बढी अग्लो हुन्छ ।

४. प्रतिदिन मुटुले एकहजार पटक शरीरमा रगत प्रवाह गर्छ ।

५. एउटा आँखी भौं मा करीव पाँच सय रौंहरु हुन्छन् ।

६. एक मानव शरीरमा करीव एकहजार विलियन ९१ अर्ब० स्नायु कोषहरु हुन्छन् ।

७. आँखा खोलेर हाक्ष्युँ गर्न सकिदैन ।

८. कङक्रिट भन्दा मानिसको हाड चर गुणा बढी बलियो हुन्छ ।

९. जिब्रोको टेस्ट बड अर्थात स्वादका प्वाल को आयु करिव दश दिन हुन्छ ।

१०. बच्चा घुँडाको क्याप बिना जन्मन्छ र  २ देखि ६ बर्ष पछि मात्रै यो देखा पर्न थाल्छ ।

११. जीवनभर आँखाको आकार उही रहन्छ तर नाक र कान भने जीवनभरसम्म बढीरहन्छ ।

१२. जन्मदा मानव शरीरमा तीनसय हाड्डीहरु हुन्छन् उमेर बढ्दै जाँदा हड्डीहरु जोडिएर यसको संख्या दुईसय ६ पुग्छ ।

१३. खप्पर २६ अलग हड्डीहरुले बनेको हुन्छ ।

१४. रौं र नङ एउटै पदार्थले बनेको हुन्छ ।

१५. हाक्ष्युँ गर्दा मुटु धड्कन सहित शरीरको सबै कार्य केही पलको लागि बन्द हुन्छ ।

१६. मानव शरीरमा सबैभन्दा बलियो मांशपेसी जिब्रो हो ।

१७. स्वस्थ मानिस हरेक दिन करीव सात पटक वाथरुम अर्थात शौचालय जान्छ ।

१८. खाना मुखबाट पेटमा पुग्न करिव सात सेकेन्ड लाग्छ ।

१९. युवायुवतीमा भन्दा बालबच्चामा टेस्ट बड र स्वादको बडको संख्या बढी हुन्छ ।

२०। हाक्ष्युँ गर्दा हावामा करीव १६० किलोमिटर पैति घण्टाको बेगले नाकबाट बाहिर फ्याकिन्छ ।

२१. शरीरको सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।

२२. शरीरको सबैभन्दा ठूलो मांशपेसी नितम्ब हो ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया