तपाइँले यस्तो चमत्कार देख्नु भएको छ? हेर्नुस विश्वास नै नलाग्ने चमत्कार

५ बर्ष अगाडि


एजेन्सी – ‘चमत्कार’ शब्दको अर्थ एउटा अर्थ हुन्छ, अविश्वसनीय वा अनौठो घटना। तपाइँले पनि आफ्नो जीवनमा त्यस्ता चामत्कारिक घटना देख्नु भएको होला जुन घटनामा भगवनाको कुनै हात हुँदैन। अहिलेको जमानामा मानिस भगवान भन्दा धेरै भौतिक नियमलाई धरै स्वीकार गर्छन्। र सफलाता पनि प्राप्त गर्छन्।

जस्तै १०० वर्ष पहिला यस्ता काम गर्ने विषयमा सोच्न समेत सकिँदैन थियो जुन काम आज कम्प्युटर, टिभी, अन्तरिक्षमा पठाइएका उपग्रहले सबै कामलाई सजिलो बनाइदिएको छ। तर आजको आधुनिक समाजमा हामीले तपाइँलाई यस्तो समाचार लिएर आएका छौं जसमा विश्वास गर्न पनि मुश्किल हुन्छ। विज्ञानको अहिलेको जमानामा  कुनै बिमारी डाक्टरको विना अपरेशन नै ठिक हुन्छ भने त्यो कुनै चमत्कार भन्दा कम हुँदैन।

यस्तै चमत्कार गिआना नामकी एक बालिकासँग भएको छ। यी बालिका ब्रेन ट्यूमरसँग जुधिरहेकी थिइन्। उनको उपचारकालागि उनका बुवा आमा अमेरिका गए, जहाँ ती बालिकामाथि चमत्कार भएको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार डाक्टरले ती बालिको ब्रेन ट्यूमर अन्तिम स्टेजमा पुगेको बताएका थिए। तर उनीमाथि यस्तो चमत्कार भयो की उनको सबै रोग ठिक भयो। इसाई धर्मगुरु पोप फ्रांसिसले ती बालिकाको निधारमा चुम्बन गरे, त्यसपछि ती बालिको ब्रेन ट्यूमर विस्तारै ठिक हुन थाल्यो। र अन्तिममा सबै रोग नै निको भयो। यो घटना २०१५ को हो।

जतिबेला गिआन मात्र १ वर्षकी थिइन्। उनको रोग निको नभएपछि उनको परिवारले उनलाई अमेरिका लिएर गएको थियो। जहाँ पोप फ्रांसिस मासिनहरु बसेको ठाउँमा गएका थिए। त्यही बीचमा गिआनको परिवार पोपसँग भेट गर्न अगाडि बढ्यो। तर परेडमा ठूलो संख्यामा सैनिक जवान थिए। उनीहरुले गिआनको परिवारलाई अगाडि बढ्न दिएनन्। सुरक्षा घेरा तोडेर पोप फ्रांसिस अगाडि आए र बालिका गिआनलाई आशीर्वाद दिँदै उनको निधारमा चुम्बन गरे। त्यसपछि गिआनमा चमत्कार नै सुरु भयो। र उनको अन्तिम स्टेटमा पुगेको ब्रेन ट्यूमर पूरै ठिक भयो।' 

५ बर्ष अगाडि

प्रतिक्रिया