अमेरिका : गैरकानुनी विदेशीलाई जेलमा नै राख्ने निर्णय

४ बर्ष अगाडि

अमेरिकी सरकारले गैरकानुनी रुपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय गरेको छ । यो निर्णयसँगै महिनौं लगाएर अमेरिका पुगेका नेपालीले अदालतको निर्णय नआउन्जेल जेलमा नै बस्नुपर्ने भएको छ । यसअघि अमेरिका प्रवेश गर्नेले एसालम आदेश दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान रहेको थियो ।  यो प्रावधान बुधबारदेखि हटाइएको छ । 
युएस इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टले दिएको दिएको जानकारीअनुसार अमेरिकाको विभिन्न शहरमा बनाइएका ७१ अध्यागमन जेलमा तीनसय भन्दा बढी नेपाली जेलमा छन् । सबैभन्दा बढी नेपाली जर्जिया, एरिजोना र अलाबामा राज्यको अध्यागमन जेलमा छन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया