२५ मेगावाट  क्षमताको अरुण काबेली निर्माणको अअिन्तम चरणमा

६ बर्ष अगाडि

काठमाडौं–अरुण काबेली पावर लिमिटेडले निर्माण गरेको २५ मेगावाटको काबेली बी १ आयोजनाले सबै काम सकी बिजुली बाल्ने तयारी थालिएको छ । 
पाँचथर र ताप्लेजुडको सीमामा बग्ने काबेली नदीमा बनिरहेको आयोजनाले यही महिनाको अन्त्यसम्ममा बिजुली बाल्ने अरुण काबेलीले जनाएको छ । 
परियोजनाको बाँध, डिसेण्डर बेसीन, सर्ज टेयाङ्क, विद्युत गृहको काम शतप्रतिशत सम्पन्न भईसकेको छ । विद्युत गृहमा मेसीन जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । पेनस्टक पाईपको जडान पनि लगभग टुंगिएको आयोजनाको भनाई छ । अब पाईपमा पानी छिराई मेसीन सम्म पुर्याउने काम पनि यही बैशाख महीमा भित्रमा सम्पन्न भई बिजुली बाल्ने काम सूरु हुने जनाईएको छ । 
 
अरुण भ्याली हाईड्रोपावर लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको अरुण काबेलीले थाल्ने २५ मेगावाट बिजुली उत्पादनले देशको बिद्युत माग धान्नलाई ठूलो सहयोग पुर्याउने ठानिएको छ ।
 निजी क्षेत्रबाट हालसम्म उत्पादित ठूलो बिद्युत मध्ये अरुण काबेली मुख्य हुने छ । यसले उत्पादन गर्ने बिजुली बर्षायाममा प्रति युनिट ४ रुपैयाँ असी पैसा र हिउँद याममा ८ रुपैयाँ ४० पैसामा बिद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ । यो कम्पनीमा अपि पावर कम्पनी लिमिटेडले रु ४ करोड लगानी गरेको छ । आयोजना संचालन पश्चात अपि पावर कम्पनी लिमिटेडका शेयरधनिहरुले समेत मूनाफा प्राप्त गर्ने छन् ।
आयोजनाले बिजुली बाले पनि प्रसारण लाईनको मुख्य समस्या रहेको छ । सरकारले काबेली करिडोरमा बनाईरहेको ९० किलोमिटर लामो मेची करिडोर प्रसारण लाईनको काम तोकिएको समयमा पुरा नगरेर पटक पटक म्याद थपिदा त्यहाँ बनिरहेका धेरै आयोजना मर्कामा परेका छन् ।
 २०७४ बैशाखमा पुरा हुनुपर्ने प्रसारण लाईन निर्माणको काम अझैसम्म पुरा भएको छैन । यो प्रशारण लाईन यथासिघ्र सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालय युद्ध स्तरमा लागिरहेका छन् । 
 
आयोजनामा नेपाल ईन्भेष्टमेन्ट बैंक सहित ६ वटा बाणिज्य बैंकले लगानी गरेका छन् । चार अर्ब लाग्ने आँकलन गरिएकोमा प्रति मेगावाट १६ करोड रुपैयाँ लागत पर्ने देखिएको छ, जुन धेरै सस्तो लागत मानिएको छ । नेपालको जलबिद्युत क्षेत्रमा चाँडै आयोजना निर्माण पुरा गर्ने क्षमता राख्ने गुरुप्रसाद न्यौपानेको नेतृत्वमा बनिरहेको यो आयोजनाले लगानीकर्तालाई भबिष्यमा आकर्षक प्रतिफल दिने ठानिएको छ ।
अरुण काबेलीले सर्बसाधारणमा सेयर जारी गरेर २०७४ बैशाखदेखि नेप्सेमा कारोबार थालेको हो । उसको सेयर स्वामित्व मध्ये एक अर्ब पाँच करोड संस्थापकको र ४५ करोड सर्बसाधारणको हिस्सेदारी छ ।  बिद्युत उत्पादन सुरु भएसँग अरुण काबेलीका लगानीकर्ताले चाँडै लाभांश पाउने संभावना बढ्ने बताईएको छ । 
आयोजनाले बार्षिक रुपमा ७६ करोड आम्दानी गर्ने आँकलन गरिएको छ र आयोजना पुरा भएको पाँचौ बर्षमा कमाई बार्षिक रुपमा ८७ करोडसम्म पुग्ने छ । कम्पनीले अरु आयोजनाहरुमा लगानी गर्नु पर्ने भएकाले लाभांश क्षमता बिकास भएको अबस्थामा बोनस सेयर नै दिने लक्ष्य किटान गरिएको आयोजनाले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया