कति प्रतिशतले बढ्दैछ कर्मचारीको तलब ?

४ बर्ष अगाडि

काठमाडौँ – सरकारले निजामती कर्मचारीको तलब बढाउन गृहकार्य शुरु गरेको छ । 

पछिल्लो दुई वर्षदेखि तलब नबढेकाले आगामी बजेटमा निजामती कर्मचारीलाई खुसी पार्न तलब बढाउने गृहकार्य शुरु भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले तलब बढाउन सिग्नल दिएपछि अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीको तलब बढाउने तयारी गरेका हुन् । खतिवडाको राष्ट्रिय सभाको सदस्य पद आगामी चैतसम्म मात्र रहेकाले लोकप्रियता बढाउन उनले तलब बढाउने तयारी गरेका हन् । स्रोतका अनुसार आगामी बजेटमा कर्मचारीको तबल २० प्रतिशतले बढाउन सरकारलाई दवाव परेको छ । 

यस विषयमा ट्रेड युनियनले तलब बृद्धिका लागि छलफल सुरु गरिसकेको छ । युनियनका अध्यक्ष पुण्य ढकाललाई प्रधानमन्त्री निकट मानिन्छ,जसका कारण पनि उनले प्रधानमन्त्रीसँग बलियो लबिङ गरिरहेको स्रोत बताउछ । पछिल्लो दुईवर्षमा तबल नबढेकाले नेपाल राष्ट्र बैंकको मुल्य वृद्धि सुचाङ्क र देशले निर्धारण गरेको समृद्धिको लक्ष्यलाई सघाउने गरी कर्मचारीको तलब बढाउन लबिङ भइरहेको छ । 

कर्मचारीको तलब बढेसँगै महङ्गी पनि बढ्ने भएको छ । अहिले १० प्रतिशत महङ्गी छ भने कर्मचारीको तलब २० प्रतिशतले बढेपछी महङ्गी पनि बढेर १५ प्रतिसत सम्म पुग्ने अनुमान गरिएको छ । स्रोतका अनुसार ओली सरकार बनेयता राज्यको ढुकुटीमा जम्मा भएको दुई खर्बमध्ये एक खर्ब भने सकिसकेको छ । पछिल्लो समय आयात मात्र बढेर निर्यात घटेकाले व्यापार घाटा पनि उच्च विन्दुमा पुगेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया