कांग्रेसलाई झट्का दिदै प्रियंका चतुर्वेदी शिवसेनामा प्रवेश

४ बर्ष अगाडि

भारत – भारतीय कांग्रेस पार्टीकी प्रवक्ता प्रियंका चतुर्वेदी शिवसेनामा प्रवेश गरेकी छन् । 

आफुमाथि दुर्व्यवहार गर्ने कार्यकर्तालाई कारबाही फुकुवा गरेर पार्टीमा फर्काइएपछि असन्तुष्ट रहेकी चतुर्वेदी शुक्रबार शिवसेना प्रवेश गरेकी हुन् । 

केही समयअघि एक कार्यक्रममा भाग लिन मथुरा गएको बेला उनीमाथि स्थानीय कार्यकर्ताले दुव्र्यवहार गरेका थिए । त्यसलगत्तै पार्टीले केही कार्यकर्तालाई निलम्बन गरेको थिए । तर, बुधबार उनीहरुमाथिको कारबाही फुकुवा गरेपछि चर्तुवेदी असन्तुष्ट थिइन् । 

लोकसभा निर्वाचन चलिरहेका बेला चर्तुवेदीको बहिर्गमनले कांग्रेसलाई अप्ठ्यारो पार्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया