कानुनको दुरुपयोग गर्दै एफपिओ निष्कासन अनुमति, लगानीकर्ताले पत्याएनन् !

६ बर्ष अगाडि

काठमाडौं। नेपाल धितोपत्र बोर्डले कानुन मिचेर थप निस्काशनका लागि अनुमति दिएको बुटवल पावर कम्पनीलाई लगानीकर्ताले पत्याएनन् । 

बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को थप निष्कासन (एफपीओ) आधा मात्रै बिक्री हुनुलाई त्यसैको परिणामको रुपमा लिइएको छ ।
पहिलो पटक निष्कासन बन्द हुने तोकिएको मिति आइतबारसम्म १ अर्ब १५ करोड रुपैयाँ बराबरको २२ लाख ९५ हजार ४०९ कित्ता  एफपीओ खरिदका लागि मात्रै आवेदन परेको थियो ।
कम्पनीकाअनुसार अझै ९० करोड रुपैयाँको एफपीओ बिक्रि हुन बाँकी नै छ । कम्पनीले शुक्रबार नै निष्काशन बन्द हुने बताएको थियो । तर सो अवधीमा न्युन मात्रामा आवेदन नपरेपछि आइतबारसम्म थपिएको थियो । आइतबारसम्ममा पनि कम्पनीको एफपीओ करिब आधा मात्रै खरिद भएपछि कम्पनी प्रति लगानीकर्ताको आकर्षण घटेको प्रष्टै भएको हो ।
बीपीसीले प्रिमियमसमेत गरी प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासन बन्द ढिलोमा फागुन १५ गतेसम्म तोकिएको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो ।
१० कित्ता मात्र पाउने अनुमानका आधारमा लगानीकर्ताले कम भर्दा एफपीओ बिक्री कम देखिएको भन्दै विपिसि चित्त बुझाउन लागेको छ ।
 
एफपीओ निष्कासन छिटोमा शुक्रबारसम्म बन्द हुने भने पनि आइतबार एक दिन थप भएको लगानीकर्ताले जानकारी पाएनन् । आइतबार रु १८ करोड रुपैयाँ बराबरको एफपीओ मात्र खरिदका लागि आवेदन परेको थियो ।
एफपीओ निष्कासनपछि बीपीसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ । सोमबार बीपीसीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५८ रुपैयाँमा झरेको छ । आउँदो ५ वर्षमा चीनबाट २ खर्ब रुपैयाँ लगानी ल्याएर थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न चिनियाँ कम्पनीसंग सम्झौतापछि सेयरको मूल्य बढेकोमा थप निष्कासन (एफपीओ) पछि सेयर मूल्य घटेको हो । आइतबार प्रतिकित्ता ५८० मा झरेको थियो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की र उनी निकटका कर्मचारीले कानुनको दुरुपयोग गर्दै एफपिओ निश्कासनका लागि आदेश दिएको बताइन्छ ।
बोर्डको उेन, २०६३ को प्रावधान विपरित पद्यम ज्योति, प्रदीपकुमार    श्रेष्ठ, राजीव रजभण्डारी, विजयकृष्ण श्रेष्ठ र विजयबहादुर श्रेष्ठको प्रभावमा परेर कार्कीले निर्देशन दिएको बताइन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया