कर नतिर्ने १३१ व्यवसायीलाई पाता कस्ने सरकारको तयारी , कस्तो होला कारवाही

४ बर्ष अगाडि

काठमाडौं – राजश्वको लक्ष्य भेटन मुस्किल परिरहेको सरकारले पछिल्ला दिनमा कर नतिर्ने व्यापारी तचथा व्यवसायीलाई तत्काल कर तिर्न आउन ताकेता गर्दै सूचना सार्वजनिक गरिरहेको छ ।

आन्तरिक राजश्व कार्यालय बाँकेले आज एक सूचना मार्फत कूल १३१ व्यापारी तथा व्यवसायीलाई आयकर र मूल्य अभिवृद्धि कर १५ दिन भित्र उपलब्ध गराउन आग्रह गरेको छ ।

विभिन्न ठेकेदार कम्पनी तथा, अन्य उद्योगी तथा व्यवसायीलाई तत्काल कर तिर्न आग्रह गर्दै सूचना सार्वजनिक गरिएको आन्तरिक राजश्व कार्यालयले जनाएको छ ।

पटक पटक पत्राचार तथा फोन सम्पर्क गर्दा समेत सम्पर्कमा नआएको भन्दै व्यवसायीलाई तत्काल कर तिर्न आग्रह गरिएको हो । सो समयभित्र कर तिर्न नआए कानून अनुसार कर उठाउने आन्तरिक राजश्वको सूचनामा उल्लेख छ ।

कर तिर्न नआएको खण्डमा बैंक खाता रोक्का गर्ने, चल अचल सम्पत्तिबाट उठाई लिलाम बिक्री गर्ने तथा अन्य कानूनी कारवाही गर्ने समेत आन्तरिक राजश्वको सूचनामा उल्लेख छ । आयकर ऐन, २०५८ को दफा १०४ देखि दफा ११ सम्म र मूल्य अभिवृघि कर बक्यौताको हकमा सोही ऐनको दफा २१ बमोजिम कर तत्काल तिर्न आग्रह गरिएको सूचनामा उल्लेख छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया