बालुवाटारमा चार शिर्ष नेताहरूबीच बैठक जारी, आफ्नो अडानबाट नेपाल समुह ब्याक

४ बर्ष अगाडि

काठमाडौँ – लामो समयदेखि नटुङ्गीएको नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रिया टुंग्याउन चार शिर्ष नेताहरूबीच बालुवाटारमा बैठक जारी छ ।

चार शिर्ष नेतामध्ये प्रधानमन्त्री  केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव बिष्णु पौडेलबीच बालुवाटारमा अहिले बैठक चलिरहेको छ  । 

स्रोतका अनुसार आजको बैठकले जिल्ला अध्यक्ष र सचिव, पोलिटब्युरोको गठन र उपत्यका समितिको टुंगो लगाउने सम्भावना छ। नेकपाले सात प्रदेश कमिटीजस्तै र एउटा काठमाडौं उपत्यकाको कमिटी पनि बनाउने भएको छ ।

स्रोतका अनुसार  शुक्रबार बसेको बैठकलाई पुर्ण रुप दिन आजको बैठक बसेको हो । बैठकले पुर्ण रुप लिए भोलिको सचिवालय बैठकमा यसको घोषणा हुने स्रोत बताउछ । 

ओली र प्रचण्डले योग्यता र क्षमता भएको व्यक्तिलाई नेतृत्व दिनुपर्ने अडान राख्दै आएका थिए । सोहि कुरामा सहमत हुदै  एकतामा बरिष्ठताको मापदण्ड बनाउदै आएको नेपाल समुह पनि आफ्नो अडानबाट ब्याक भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया