लगानीकर्ता नराम्ररी डुबे, कसरी उकास्ला नेशनल हाइड्रोले ?

४ बर्ष अगाडि

काठमाडौं – धितोपत्र बजारमा नेशनल हाइड्रो पावरको प्रतिकित्ता सेयरको मूल्य ६९ रहेको छ । 

साधारण सेयर रु १०० मा खरीद गरेका लगानीकर्ताले प्रति सेयर नै ३१ रुपैयाँ घाटा खाएका छन् । कुनै समय जलविद्युत समूह मध्ये आर्कषक कम्पनीको रुपमा रहेको सो कम्पनीको पछिल्लो २ वर्षदेखि दरुवाअवस्था रहँदै आएको छ ।

लगानीकर्ताबीच चर्केको चर्को विवाद तथा कम्पनीको व्यवस्थापनका कारण समस्या परेका कारण लगानीकर्ता नराम्ररी डुबेका छन् । साधारण सेयरधनीले प्रतिकित्ता आधारभूत मूल्य भन्दा असाध्यै कममा सेयरको मूल्य घटेपछि त्यसको प्रभाव के कति परेको होला ? स्वयम् लगानीकर्तालाई नै थाहा होला ।

नराम्ररी डुबेको सोही कम्पनीले लगानीकर्तालाई कस्तो जवाफ दिने होला भन्ने चिन्तामा परेको छ । यसका लागि सो कम्पनीले यही वैशाख २७ गते साधारणसभा बोलाएको छ । सो साधारणसभा  २२ औ साधारणसभा हो । साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को वासलात, नाफा नोक्सान र नगदप्रवाह वितरण लगायतका विविध विषयमा छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ ।

साधारणसभाले चालुवर्षको लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले भोजपुरमा १४ मेगावाटको इरखुवा जलविद्युत आयोजना निर्माण गरीरहेको छ । यसैगरी, कास्कीमा १२ मेगावाटको मादीखोला जलविद्युत आयोजनाको काम पनि अघि बढाएको दावी गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया