१३ वर्षे विद्यार्थीबाट गर्भवती बनेकी शिक्षिकालाई अदालतले सुनायो यस्तो फैसला

४ बर्ष अगाडि

अमेरिका – अमेरिकामा गत वर्ष एक शिक्षिकामाथि १३ वर्षीय स्कुले बालकसँग यौन सम्बन्ध राखेको आरोपमा मुद्दा चलेको थियो । 

उनै शिक्षिका अलेक्जेन्ड्रा बेरालाई अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । ह्युस्टनस्थित एक माध्यमिक स्कुलमा अंग्रेजी पढाउने ती शिक्षिका २४ वर्षको उमेरमा स्कुले बालकबाट गर्भवती नै बनेको समाचार अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाले जनाए अनुसार ती शिक्षिकाले आफ्नो ‘भाइ’ भन्दै ती बालकलाई घरमै पढ्न बोलाउँथिन् । सोही क्रममा उनीहरुबीच प्रेम सम्बन्ध फैलिएपछि अलेक्जेन्ड्राले गर्भाधारण नै गरेकी थिइन् । ती शिक्षिकालाई अभियोग लागेपछि मुद्दा अदालतमा थियो । हालै उनको विषयमा अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । उक्त घटना सार्वजनिक भएपछि नै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

अभियुक्त शिक्षिकाले भने उनीहरु पाँच महिनासम्म सम्बन्धमा रहेको वयान दिएकी थिइन् । अमेरिकामा ‘टिनेजर’को साथ यौन सम्बन्ध बनाउनु गम्भीर अपराध मानिन्छ । यदी त्यसो गरेमा १० देखि १५ वर्षको जेलसजायको व्यवस्था छ ।एजेन्सी

४ बर्ष अगाडि

प्रतिक्रिया