एभरेष्ट बैंकको बासँगढी शाखा उद्घाटन

५ बर्ष अगाडि

बर्दिया– एभरेष्ट बैंकले बर्दियाको बाँसगढीमा आफ्नो शाखाको औपचारिक उमुद्घाटन गरेको छ ।   

सो शाखाको बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्र जंग शाही तथा अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो ।   

हालै भएको क्यामेल्स रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया