सार्वजनिक विद्यालय सुधारका लागि राष्ट्रिय सम्मेलन

४ बर्ष अगाडि

सरकारले सार्वजनिक विद्यालय सुधार गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

सो सम्मेलनमा देशभरबाट २३ सामुदायिक विद्यालय र ६ वटा स्थानीय तह सहभागी हुनेछन् । सम्मेलनमा छनोटमा परेका स्थानीय तह र विद्यालयले सामुदायिक विद्यालय सुधार गर्न खेलेको भूमिकाबारे विश्लेषण हुनेछ ।
यही वैशाख ११ र १२ गते आयोजना गर्न लागिएको सम्मेलनमा बारबर्दिया बर्दिया, होप्सेकोट नवलपरासी, वागमती सर्लाही र नरहरिनाथ नगरपालिका कालिकोट सहभागी हुनेछन् । सम्मेलनमा गाउँपालिकाको तर्फबाट पूर्वखोला पाल्पा र हल्दीबारी झापा छनोटमा परेका छन् ।

ती स्थानीय तहले सार्वजनिक विद्यालय सुधार अभियानमा गरेका कामबारे प्रस्तुतीकरण गर्नुपर्नेछ । यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षामा गरेका सुधारका योजनाबारे अध्ययन गरी गाउँपालिका छनोट गरेको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया