काठमाडौं–लक्ष्मी इन्टर कन्टिनेन्टलले हुण्डाई फेस्टिभ डिलाइट अफरको विजेतालाई पुरस्कृत गरेको छ ।
हुण्डाई गाडीको आधिकारीक वित्तरक लक्ष्मी इन्टर कन्टिनेन्टलले दशै तिहारलाई लक्षित गर्दै फेस्टिभ डिलाइट अफर ल्याएको थियो । यस अफर अन्र्तगत शुसन प्रसाद अधिकारीले हुण्डाई इलाइट आइ२० पाएका छन् भने कन्काइ आयल सप्लायर्सले हुण्डाइ एक्सेनट पाएका छन् । यसमा १० जनाले दुवइ भ्रमणको कुपन पाएका छन् । विजेतालाई लक्ष्मी इन्टर कन्टिनेन्टलका अध्यक्ष्ँ गणेश बहादुर श्रेष्ठ, मिस नेपाल श्रृङ्खला खतिवडा र हुण्डाइ मिस फ्रेण्डसिप सायरा लामाले पुरस्कार वित्तरण गरेका थिए ।
यो योजना गत भाद्र ८ गतेदेखि कात्तिक १० गतेसम्म लागु गरिएको थियो । हरेक हुण्डाइ गाडीको खरिदमा ५ लाख सम्मको छुट, एक वर्षसम्मको निःशुल्क बिमा र स्क्रयाच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट दिइएको थियो । यस्तै १०० जना भाग्यशालीले १०÷१० ग्राम सुन समेत प्रदान गरिएकोथियो ।
प्रतिक्रिया