पैसा जोगाउन चाहानुहुन्छ ? आजैदेखी गर्नुहोस् यी कामहरु

४ बर्ष अगाडि

काठमाडौँ – वास्तुशास्त्रमा बताइएका कुरामाथि ध्यान दिने हो भने घरमा हरसमय सुख र शान्ति कायम रहन्छ । 

यहाँ बताइएका सजिला कामहरूमा विशेष ध्यान दिनुभयो भने घरमा नकारात्मक ऊर्जा हटेर सकारात्मकता ल्याउन सकिन्छ । घर सफा गर्दा पानीमा अलिकति नून हाल्नुस् । यसो गर्दा घरमा सकारात्मक ऊर्जा छाउँछ । यस्तो ऊर्जा भएको घरमा कहिल्यै धनको कमी हुँदैन ।

घरको उत्तर र दक्षिण दिशामा पैसाको सिक्काले भरिएको कचौरा राख्नुस् । यो घरको नेतृत्वको दिशा हो । यहाँ धातुका सिक्काले भरिएको कचौरा राख्दा फाइदा पुग्छ । घरमा परिवारको फोटो झुण्ड्याउनका लागि दक्षिण पश्चिम दिशा सबभन्दा उत्तम हुन्छ ।

यस दिशामा फ्यामिली फोटो राख्दा परिवारसँग मिलेर काम फत्ते गर्न सकिन्छ ।घरको पूजाकोठामा अन्य देवताका साथसाथै वास्तुदेवताको तस्वीर पनि राख्नुस् । अनि उहाँको तस्वीर वा मूर्तिमा नियमित पूजा गर्नुस् । यसो गर्दा वास्तुदोष हटेर जान्छन् ।

घरको छतमा राखिने पानी टंकी दक्षिणपश्चिम दिशामा राख्नु ठीक हुन्छ । अन्य दिशामा टंकी राख्नु अशुभ हुन्छ । अन्य दिशामा टंकी छ भने रातो धागोमा क्रिस्टल बाँधेर टंकीमा झुण्ड्याउनुहोला । घरका हरेक सदस्यले कोठाको ढोकामा खुट्टो नतेर्सिने गरी सुत्नु जरूरी हुन्छ ।

वास्तु अनुसार यसरी सुत्नु सही होइन । यसो गर्दा धनको समस्या आइलाग्छ ।भान्सामा आगो र पानी नजिकै नराख्नुहोला । यी दुई परस्पर विरोधी चीज हुन् । यिनलाई सँगै राख्दा काममा असफलता पाइन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया