ग्रामीण विकास लघुवित्तले हकप्रद शेयर बिक्री गर्ने

४ बर्ष अगाडि

काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले  ३२ लाख ७५ हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ ।

सो संस्थाले यही बैशाख २७ देखि जेठ ३० गतेसम्मका लागि हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ ।

यो वित्तीय संस्थाले एक सय रुपैयाँ अंकीत उक्त हकप्रद निकालेको हो । यकास हालेको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँमा एक शेयर बराबर नयाँ शुन्य दशमलव शुन्य पाँच प्रतिशत (१ः०५) को अनुपातमा हकप्रद जारी गरेको हो ।

गत बैशाख २८ गतेभित्र कारोबार गरेर शेयरधनीका लागि हकप्रद निष्कासन गरेको हो । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया