होटेलमा काम गर्ने सञ्जय कसरी करोडौँका मालिक बने ?

४ बर्ष अगाडि

काठमाडौँ – बलिउडमा केही यस्ता कलाकार छन्, जसले आफ्नो अभिनयको बलमा स्टार हिरो–हिरोइनलाई समेत छायामा पारिदिएका छन्। यस्तै एउटा नाम हो, सञ्जय मिश्रा । 

सञ्जय बलिउडका चर्चित कमेडियन हुन् । तर, सञ्जयका लागि एक समय यस्तो थियो, उनी अभिनय क्षेत्र छाडेर ऋषिकेश गए र त्यहाँ एउटा होटेलमा काम गर्न थाले । यो समय उनको बाबुको मृत्यु भएको समय थियो । पिताको मृत्युपछि उनले अभिनय क्षेत्र नै छाडिदिए । अलि पछि घर नै छाडिदिए र ऋषिकेश गए । त्यतिवेलासम्म सञ्जयले सयभन्दा ज्यादा फिल्ममा अभिनय गरिसकेका थिए । तर, उनलाई सफलता मिलेको थिएन । यही कारण उनलाई रोटी–तरकारी बनाइने होटेलमा कसैले चिनेनन् । यदि निर्देशक रोहित सेट्टी थिएनन् भने सञ्जयको त्यसपछिका दिन पनि होटेलमै बित्ने थिए । 

रोहित र सञ्जयले फिल्म ‘गोलमाल’मा काम गरिसकेका थिए । रोहित ‘अल द बेस्ट’मा काम गरिरहेका थिए । त्यही कामको समयमा उनले सञ्जयलाई सम्झिए । सञ्जय भने फिल्ममा कमब्याक गर्न तयार थिएनन् । तर, रोहितले फिल्म खेल्नका लागि उनलाई राजी गराइछाडे । यसपछि भने सञ्जयले पछाडि फर्केर हेर्नुपरेको छैन । उनले लगातार हिट फिल्ममा काम गरिरहेका छन् । अहिले सञ्जयको सम्पत्ति नै २० करोडभन्दा ज्यादा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । एजेन्सी –

४ बर्ष अगाडि

प्रतिक्रिया