रिनाको हत्या अभियोगमा एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौँ – मोरङको पथरी शनिश्चरे १ मा शनिबार बिहान नग्न अबस्थामा मृत फेला परेकी रुपा भनिने रिना बस्नेत हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन संवाद गर्ने र भेट्ने व्यक्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आइरहेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पथरीमा व्यवसाय गर्दै आएका ती ब्यत्ति मोरङको सुन्दरहरैचा निबासी हुन् । 

रिनाको हत्या भएको र उनको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ नगरेको भन्दै स्थानीय अहिलेपनि आन्दोलित छन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ । ओक्रोशित स्थानीयले सोमबार पनि एक घण्टा चक्का जाम गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया