समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ : प्रधानमन्त्री ओली

४ बर्ष अगाडि

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ । 

प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताउनुभयो ।

“हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सक्दछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन । असम्भवलाई सम्भव बनाउन सक्दछौँ, देशलाई विकसित गर्न सक्छौँ ।” प्रधानमन्त्री ओलीले पासाङल्हामु नेपाली महिलाको लागि प्रेरणा र साहसको प्रतीक हो भन्दै नेपाली महिला पनि कम छैनन्, सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टिान्त पहिलो पल्ट नेपाली महिलाको तर्फबाट पासाङल्हामुले पुष्टि गरेको बताउनुभयो ।

४ बर्ष अगाडि

प्रतिक्रिया