मेसेन्जर र इन्स्टाग्राममा नयाँ फिचर

४ बर्ष अगाडि

एजेन्सी – सबैभन्दा बढी प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुक मेसेन्जरले नयाँ फिचर सार्वजनिक गरेको छ। फेसबुकले मेसेन्जर प्रयोगकर्ताका लागि ‘अनसेन्ड’ फिचर ल्याएको हो। अर्थात् अब तपाईंले फेसबुक मेसेन्जरबाट अरूलाई पठाएको मेसेज सजिलैसँग डिलिट गर्न सक्नुहुनेछ।

यसरी मेसेन्जर युजरले पठाइसकेको मेसेज प्राप्तकर्ताको च्याट बक्समा पुगिसकेपछि पनि ती मेसेजसमेत पठाउनेले सजिलै डिलिट गर्न सक्नेछ।

डिलिट गरिसकेका मेसेज प्राप्त गर्नेको च्याट बक्सबाट पनि स्वतः डिलिट हुनेछन्। यदि मेसेन्जरमार्फत गलत मानिसलाई मेसेज पठाएको वा गलत सूचना पठाए त्यस्तो मेसेज डिलिट गर्न सकिने फिचर आएको हो।

फेसबुकका अनुसार मेसेन्जरमा यसरी पठाइने मेसेज पठाएको १० मिनेटभित्र डिलिट गर्नुपर्नेछ। त्यसपछि सो मेसेज डिलिट गर्न चाहेमा पनि हटाउन सकिने छैन। यो फिचर प्रयोग गर्न आफ्नो स्मार्टफोनमा भएको मेसेन्जर एप अपडेट गर्नुपर्नेछ।

इन्स्टाग्राममा नयाँ फिचर, आपत्तिजनक सामाग्रीमा पर्दा लाग्ने
इन्स्टाग्रामले आत्मघाती, भड्काउ तथा आपत्तिजनक सामाग्रीहरुलाई नाबालिक प्रयोगकर्ताको नजरमा पर्नबाट रोक्नका लागि नयाँ फिचर ल्याएको छ ।उत्तः फिचरको नाम सेन्सेटिभिटी स्क्रिन हो । उक्त फिचरले आपत्तिजनक तस्वीर तथा भिडियो थम्बनेल्सलाई ब्लर गर्नेछ । प्रयोगकर्ताले त्यसमा क्लिक गरेपछि मात्र ती तस्वीर तथा भिडियो देखिनेछन् ।

यस फिचर सुरु भएसँगै अब आफैलाई चोट पूराउने तथा आत्महत्या गर्ने उपाय सिकाउने सम्बन्धी ह्यासट्याग, तस्वीर तथा अकाउन्ट रेकोमेन्डेसन सबै ब्लक हुनेछन् ।

इन्स्टाग्रामका प्रमुख एडम मूसेरीले सेन्सेटिभ स्क्रिन फिचरको घोषणा गर्दै बेलायती पत्रिका द टेलिग्राफमा दिएको अन्तर्वातामा एकजना बेलायती एक किशोरीको आत्महत्याका तस्वीर इन्स्टाग्राममा सार्वजनिक भएको घटनापछि आफुहरुलाई त्यस्तो फिचर थप गर्ने विषयमा आइडिया प्राप्त भएको बताएका छन् ।

ती किशोरीले इन्स्टाग्राममा रहेका आत्महत्यालाई उक्साउने खालका विभिन्न अकाउन्टहरुबाट तरिका सिकेर आफुले आत्महत्या गरेकी थिइन् । उनका अभिभावकहरुले ती उनका आत्महत्या सँग सम्बन्धित तस्वीरहरु इन्स्टाग्राममा देखिएका भन्दै आलोचना गरेका थिए ।

स्मरण रहोस् गत हप्तामात्र बेलायती स्वास्थ्य मन्त्रीले फेसबुक, ट्विटर तथा इन्स्टाग्रामलाई यस्ता आपत्तिजनक तस्वीर लुकाउने व्यवस्था गर्न वा अन्यथा कारवाहीको सामना गर्न चेतावनी दिएका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया