नेपाल टेलिकमको सिममा ‘माफ गर्नुहोला’ भन्ने महिला यिनै हुन्

४ बर्ष अगाडि

काठमाडौं – फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अन्य जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ ।

उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। तर केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ । तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ । केही समयपछि पुनस् डायल गर्नुहोला । नेपाल टेलिकममा सुनिने यो स्वर अनुपमा कर्माचार्यको हो ।

नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि उनले आफ्नो स्वर रेकर्ड गरेर पठाइन्। अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो । उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ। त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो । उनले रेकर्ड गराएको सन्देश अङ्ग्रेजी भाषामा बज्छ।

पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन् । अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन्। हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन्।बिबिसीबाट !

भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन्।

४ बर्ष अगाडि

प्रतिक्रिया