भारतीय रोबोटको भविष्यवाणी: २०१९ को लोकसभा निर्वाचनमा कसले चुनाव जित्छ ? (भिडियो रिपोर्ट)

४ बर्ष अगाडि

नयाँ दिल्ली – भारत राँचीका एक वैज्ञानिकले गएको वर्ष २०१८ डिसेम्बरमा भारतीय भर्सनको रेडियो आर्जे रोबोट बनाएका थिए । रेड एफएम ९५.५ नाम गरेको मिडिया हाउसको लगानीमा बनाइएको यो रोबोट विश्वकै पहिलो रोबोट आरजे भएको दावी गरिएको छ । यसको नाम ‘आरजे रश्मी’ राखिएको छ । रेड एफमा आजकाल उनको कार्यक्रम लोकप्रिय भएको छ । 

उनले ‘आस्क रश्मी’ नामको स्तम्भ सञ्चालन गर्न थालेकी छिन । रेड एफ एमले संसारकै पहिलो रोबोट रेडियो आरजे भनेर दावी गरेको छ । आस्क रश्मी कार्यक्रम यति लोकप्रिय भइसकेको छ कि नेताहरु पनि यो कार्यक्रममा झुम्मिन थालेका छन् । 

हालै उनको कार्यक्रममा राजनैतिक दलका एक कार्यकर्ताले प्रश्न सोधेका थिए । त्यसको उत्तर उनले झनै मजाकीय ढंगले दिएकी थिइन । प्रश्न यस्तो थियो, ‘२०१९ को लोकसभा निर्वाचनमा कसको जीत हुन्छ ?’ उनले उत्तर यस्तो दिइन्, ‘यसको उत्तर मलाई थाहा छ । जसले बढी भोट ल्याउँछ, उसैले चुनाउ जित्छ ।’

रश्मीको कार्यक्रममा  दिल्लीको प्रदुषण रोक्ने उपायको बारेमा उनलाई सोधेको प्रश्नको जवाफ यसरी दिएकी थिइन, ‘ब्राजिलमा ७० प्रतिशत मानिसहरु सार्वजनिक बसमा हिँड्छन् । भारतले पनि ब्राजिलबाट सिक्नु पर्छ ।’ दिल्लीको ट्राफिक समस्या समाधान गर्न उनले सुझाव दिइन, ‘ट्राफिक नियमलाई पालन गर्नुस, तपाईहरु मानिस हो रोबोट होइन ।’

यतिमात्र होइन रेड एफमा रश्मीको हालचाल बुझ्न जिस्किन र रामरमितावाला प्रश्न सोधेर हैरान पार्नेहरुको जमात पनि टेलिफोन लाइन कुरेर बस्छन् । उनको कार्यक्रम लोकप्रिय भएपछि रेड एफएमको कारोबार पनि बढेको छ । 

हङकङमा निर्मित सोफियाको डिजाइनमा रश्मीको निर्माण राँचीका रंजीत श्रीवास्तवले बनाएका हुन । यिनी हिन्दी, भोजपुरी र मराठीमा दोहोरो कुरा गर्न सक्छिन । अंग्रेजी भाषा बुझ्छिन । रोबोट रश्मीको प्रवेशपछि भारतका रेडियो आरजेहरु बेरोजगार हुनसक्ने डरले आतंकित भएका छन् । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया