स्मार्टफोन सुरक्षित राख्न के गर्ने ?

४ बर्ष अगाडि

काठमाडौँ – अहिलेको समयमा प्राय हामी सबैले स्मार्ट फोन चलाउने गर्दछौँ । तर स्मार्ट फोन कसरी सुरक्षित राख्ने भन्ने कुरामा भने हामी अनविज्ञ रहेका छौँ । कसरी स्मार्टफोनलाई सुरक्षित राख्ने त ? यसका लागि तल निम्न टिप्स बारेमा चर्चा गरिएको छ । 

–स्मार्ट फोन जतिवेला पनि चार्जमा राखिराख्नुहुँदैन । फुल चार्ज भइसकेपछि चार्जबाट निकाल्नुपर्छ । धेरै समय चार्जमा राख्दा मोबाइल पड्किने डर हुन्छ । 

–स्मार्टफोनको पछाडिको भाग नकोरियोस् वा नफुटोस् भन्न चाहनुहुन्छ भने ब्याक कभर प्रयोग गर्नुपर्छ । 

–कुनै पनि स्मार्टफोनको डिस्प्ले निकै संवेदनशील हुन्छ । डिस्प्लेको सानो भाग फुट्यो वा कोतरियो भने पनि नराम्रो देखिन्छ । डिस्प्ले सुरक्षाका लागि विभिन्न प्रकारका प्लास्टिकका खोल राख्न सकिन्छ । 

–चोरीबाट जोगाउन स्मार्टफोनमा रहेको एन्ड्रोइड डिभाइस म्यानेजरलाई एक्टिभ बनाउनुपर्छ । ताकि, फोन हराउँदा कहाँ लगिएको छ भन्ने स्थान पत्ता लगाउन सकियोस् । कतिपय स्मार्टफोनमा गुगल साइन इन हुन्छ, जसबाट हराएको मोबाइल तत्कालै फेला पार्न सकिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया