राजमार्गमा कार चलाउँदा...

४ बर्ष अगाडि

काठमाडौँ – सहरिया जीवनबाट दिक्दार भएका मानिसलाई कहिलेकाहीँ ठूला राजमार्ग (हाइवे)मा कार हाक्न पाउँदा मज्जा आउनु स्वाभाविकै हो । मज्जा आउँछ भनेर कतिपयले विनाहोसियारी गाडी चलाइरहेका पनि हुन सक्छन् । यस्तो अवस्थामा दुर्घटना हुने डर उत्तिकै हुन्छ । यद्यपि, हाइवेमा कार हाँक्दा यी सावधानी अपनाएमा दुर्घटनाबाट बच्न भने सकिन्छ:

अपनाउनुहोस् यी ५ सावधानी :

–तपाईं लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने बढी थकाइ हुन्छ । यसले गर्दा निद्रा लाग्छ । अनि दुर्घटना हुन सक्छ । तसर्थ, हाइवेमा गाडी कुदाउँदा आराम गर्दै वा साटो गर्दै कार चलाउनुहोस् ।

–हाइवेमा छिर्नुअघि कारलाई सधँै राम्रो कन्डिसनमा राख्नुहोस् । यदि सवारीसाधनमै गडबडी छ भने दुर्घटना निम्तिन सक्छ ।

–हाइवेमा ड्राइभिङ गर्दा कोहीसँग पनि कुरा नगर्नुहोस् । मोबाइल फोन पनि नउठाउनुहोस् ।

–मादक पदार्थ वा अन्य नसालु पदार्थ सेवन नगर्नुहोस् । यसले दुर्घटनाको जोखिम अत्यधिक बढाउँछ ।

–बाटो फराकिलो छ भन्दैमा गाडी तीव्र गतिमा नचलाउनुहोस् । आफ्नो साइडमा मात्र गाडी चलाउनुहोस् । जथाभावी ओभरटेक नगर्नुहोस् ।नयाँ पत्रिका
 

४ बर्ष अगाडि

प्रतिक्रिया