सरकारी निरंकुशताको कडा प्रतिवाद गछौं – सह–महामन्त्री महत

४ बर्ष अगाडि

काठमाडौं– नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र नागरिक मौलिक हकमाथि आक्रमण गरेकाले कांग्रेसले त्यसको विरुद्ध सशक्त प्रतिवाद गर्ने बताएका छन् । सडक र सदनबाट सरकारले गलत कार्यको विरोध गरिने उनले स्पष्ट पारे । 
मंगलबार केहि सञ्चारकर्मीहरुसंग छलफल गर्दै डा. महतले सरकारले लोकतन्त्रका आधार स्तम्भ माथि धावा बोलेकोमा कांग्रेसले शसक्त विरोध गर्नु पर्ने अवस्था आएको बताए । जनताको अधिकार प्रति कांग्रेस सम्बेदनशिल रहेको बताउँदै डा.महतले भने –कांग्रेसले लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र नागरिकको मौलिक हक प्रति कसैसंग सम्झौता गर्दैन । 
सरकार भ्रष्टाचारमा चुर्मुम्म डुबेको बताउँदै सह–महामन्त्री महतले कम्युनिष्ट सरकारले आफ्नो संलग्नतामा भएका अनियमितिता ढाक्न कांग्रेसमाथि आरोप लगाइने गरेको  बताए । उनले ललिता निवास जग्गा प्रकरणमा पार्टी सभापतिलाई मुछ्न खोजिएको प्रति कडा आपत्ति प्रकट गरे । उनले संलग्नता प्रमाणित गर्न चुनौति समेत दिए ।  लोकतन्त्रको रक्षाका लागि  आगामी दिन थप चुनौति पूर्ण रहेको बताउँदै उनले प्रेसले लोकतन्त्रको पक्षमा कलम चलाउनु पर्नेमा जोड दिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया