सत्तारुढ नेकपाको विवाद उत्कर्षमा

४ बर्ष अगाडि

विराटनगर- प्रदेश नम्बर १ को स्थायी राजधानी तोक्ने विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेको छ।  यो विवाद विराटनगरलाई राजधानी बनाउने कि नबनाउने भन्ने विषयमा आधारित छ। नेकपाका बहुसंख्यक सांसदले विराटनगरको विकल्प खोज्न भन्दै हस्ताक्षर संकलन सुरु गरेका छन्।

प्रदेशका मुख्यमन्त्री शेरधन राईसहितका मन्त्रीपरिषदका सदस्यहरु विराटनगरमै राजधानी राख्न दृढ छन् भने नेकपाका बहुसंख्यक सांसद विराटनगरको विपक्षमा छन्। बैशाख १९ मा संसदमा प्रस्ताव लैजाने र २२ गतेभित्र नाम र राजधानी टुंग्याउने गरी तयारी सुरु भएलगत्तै नेकपाभित्रको विवाद चुलिएको हो। यद्यपि सांसदहरुले सार्वजनिक रुपमा भने हस्ताक्षर संकलन गरेको कुरा अस्वीकार गरेका छन्। 'बहुमत सांसद एकातिर, अल्पसंख्यकले भने अनुसार निर्णय नहोस् भन्ने हाम्रो माग हो। नेतृत्वलाई यो कुरा हामीले ध्यानाकर्षण गरेका छौं', सांसद लक्ष्मण तिवारीले भने 'तर, हस्ताक्षर संकलन गरेको होइन। नेतृत्वले बहुसंख्यक सांसदको कुरा सुन्छ भन्नेमा आशावादी छौं।' नागरिक दैनिकमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया