इमेल लेख्दा के गर्ने के नगर्ने ?

४ बर्ष अगाडि

काठमाडौँ – भन्दा इमेल लेख्ने त होनी भन्नुहोला तर इमेल लेख्दा अक्षरका कारण पनि विभिन्न अर्थ लाग्दछ । इमेल लेख्दा ठुला अक्षर प्रयोग गर्दा पनि नराम्रो अर्थ लाग्दछ । 
त्यसैले इमेल लेख्दा के गर्ने के नगर्ने तल उल्लेख गएिको छ । 

-इमेल लेख्दा कहिल्यै पनि ठूलो अक्षर (क्यापिटल लेटर)मा लेख्नुहुँदैन । ठूला अक्षर प्रयोग गर्दा कराएको वा ठुल्ठूलो स्वरले बोलेको भन्ने अर्थ लाग्छ । 

-इमेलमा सब्जेक्टको ठाउँ कहिल्यै खाली छोड्नुहुन्न । सब्जेक्ट नलेख्दा विशेषगरी कार्यालयको काममा धेरै इमेल प्राप्त गर्ने मानिसलाई सूचना मिलाएर राख्न गाह्रो परिरहेको हुन्छ । 

-इमेल फर्वार्ड गर्दा अरूलाई असर पर्नेरनपर्ने कुरामा ध्यान दिन जरुरी हुन्छ । प्राप्त गर्ने मानिसलाई तपाईंले जथाभावी पठाएको मेल टाउकोदुखाइसमेत बन्न सक्छ ।

-ठुल्ठूला अट्याचमेन्ट भएका मेल पठाउनुहुँदैन । यस्ता इमेल कम भण्डारण गर्ने क्षमता भएकाहरूले प्राप्त गर्न नसक्ने र पढ्दा पनि झर्को लाग्ने हुन सक्छ । 

-पठाउनुभन्दा पहिला एकपटक जाँच्नुपर्छ । यदि हिज्जे गल्ती भएमा अर्थको अनर्थ लाग्न सक्छ । किनकि, इमेल एकपटक पठाइसकेपछि रद्द गर्न मिल्दैन । 

-आफूलाई प्राप्त स्पाम मेलहरूको कहिल्यै पनि रिप्लाई गर्नुहुँदैन  । रिप्लाई गर्दा पठाउने मानिसले तपाईं  स्पाम हेर्नुहुन्छ भन्ने सोच्छ । अनि, अन्य स्पाम मेलसमेत आइरहन्छन् । यसले तपाईंलाई झन्झट दिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया