माथिल्लो त्रिशूली थ्री एको परीक्षण प्रशारण शुरु

बैशाख २२, २०७६ | आजको अर्थ
ajaako_artha

काठमाडौँ – माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आइतबारदेखि हुँदैछ । नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ ।

कूल २२० केभी क्षमताको सो प्रसारण लाइनको परीक्षण हुने भएकाले प्रसारण लाइनको टावर वरपरको दाँयाबायाँ १५.१५ मिटर क्षेत्रभित्रको स्थानमा जान वा प्रवेश नगर्नसमेत प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।

तोकिएको स्थानमा प्रवेश नगर्न नगराउन तथा कुनै विद्युतीय दुर्घटनाको जोखिममा नपर्नसमेत प्राधिकरणले आग्रह गरेको छ । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यही वैशाख १७ गते विद्युत् उत्पादन नगर्ने गरी विद्युतीय उपकरणसहित अन्य संरचनाकोसमेत परीक्षण गरिएको थियो ।

‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी, पहिरो तथा अन्य प्राकृतिक विपद्मा परेको सो आयोजनालाई पछिल्लो समय प्राधिकरणले विशेष चासो दिएर निर्माण सम्पन्न गरेको हो । प्राधिकरणका अनुसार पहिलो चरणमा आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन गरिनेछ । यस्तै दोस्रो युनिट भने आगामी असारदेखि सञ्चालनमा ल्याउने तयारीमा छ । रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८