देशभरका सरकारी वेबसाइट खुलेन

४ बर्ष अगाडि

काठमाडौं – देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् । सरकारी वेबसाइट भएको सर्भर डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् । सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् ।

हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् । एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ ।

सरकारी कार्यालयहरुमा पछिल्लो सयममा अनलाइन सेवा दिने क्रम बढेपछि त्यसअनसुसार सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको नेपाल समाचारपत्रमा खबर छ । एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन भएको केन्द्रले जानकारी दिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया