एनएमबी बैंकले कमायो एक अर्ब ६५ करोड नाफा

४ बर्ष अगाडि

काठमाडौं – एनएमबी बैंकले चालु आर्थिक वर्षको ९ महिनामा रु एक अर्ब ६५ करोड नाफा गरेको छ । गत वर्षको यहि अवधिमा रु एक अर्ब ३७ करोड नाफा गरेको थियो । बैंकले तीन विदेशी संस्थाबाट रु दुई अर्ब ९४ करोड ऋण ल्याएर उत्पादनशील क्षेत्रमा लगानी गरेको छ । बैंकले ९ महिनाको अवधिमा रु ९३ अर्ब ९६ करोड निक्षेप संकलन गरि रु ९० अर्ब ३९ करोड ऋण लगानी गरेको छ ।

कर्जा लगानीमा आक्रामक देखिएको बैंकको व्याज आम्दानी ३० प्रतिशत र व्याज खर्च १८ प्रतिशतले वृद्धि भएको छ। चैत मसान्तसम्ममा रु ८ अर्ब ६ करोड व्याज आम्दानी गरेको छ भने रु चार अर्ब ९६ करोड व्याज खर्च भएको छ । खुद व्याज आम्दानी ५३ प्रतिशतले सुधार भएर रु तीन अर्ब ९ करोड आर्जन गर्न सफल भएको छ । बैंकिङ क्षेत्रमा देखिएको तरलताको समस्या समाधानका लागि एनएमबी बैंकले नेपालमै पहिलो पटक विदेशबाट ऋण ल्याएर लगानी गरेको छ ।

बैंकले एफपिओ र बोनस शेयर मार्फत ४८ प्रतिशत चुक्ता पूँजी वृद्धि गरेको छ । बोनस शेयर एफपिओ मार्फत बैंकले रु ७ अर्ब ३७ करोड कोे पूँजीबाट रु ९ अर्ब तीन करोड पुर्याएको छ ।  एफपिओको प्रिमियम रकम सहित बैंकको जगेडा कोषमा रु ७ अर्ब १३ करोड जम्मा भएको छ । चुक्ता पूँजी र जगेडाकोष बढेसँगै बैंकको पूँजी कोष अनुपात थप २.५१ प्रतिशत विन्दुले बढेर १५.४४ प्रतिशत कायम भएको छ। प्रर्याप्त पूँजीकोष रहेकोले बैंकले आगामी दिनमा नियामकीय निर्देशन अनुसार थप कर्जाको विस्तार गर्ने योजना बनाएको छ ।

बैंकले एक वर्षको अवधिमा खराव कर्जा १.१० प्रतिशतबाट ०.७९ प्रतिशतमा झार्न सफल भएको छ । बैंकको कर्जाको गुणस्तरमा भएको सुधार र असूलीको दक्षताले गर्दा यस वर्ष खराव कर्जा घटाउन सफल भएको जनाएको छ ।विशिष्ट रणनैतिक उद्देश्य स्थीरतामा लक्षित भएकोले राम्रो वित्तीय प्रदर्शन गर्न सक्षम भएको बैंकले जनाएको छ। बैंकले हालै नयाँ भर्सनको बैंकिङ सिस्टम फिनाकलमा स्तरोन्नती गरी संचालनमा ल्याएको छ।चुक्ता पूँजी ४८ प्रतिशतले वृद्धि हुदा पनि नाफामा उल्लेख्य सुधार हुँदा प्रतिशेयर आम्दानी थप एक रुपैयाँले बढेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया