कति कमायो लक्ष्मी बैंकले नाफा ? यस्तो छ विश्लेषण

४ बर्ष अगाडि

काठमाडौँ – लक्ष्मी बैंकको नाफा १ अर्ब नाघेको छ । बैंकले चालु आर्थिक वर्षको चैत महिनासम्म १ अर्ब २ करोड ९६ लाख रुपैंया खुद मुनाफा कामएको हो । यो अघिल्लो वर्षको सोही समयको भन्दा १६ करोडले बढी हो ।

चैत मसान्तसम्म बैंकको निक्षेप ७८ अर्ब ६६ करोड तथा कर्जा प्रवाह ७३ अर्ब ९६ करोड पुर्याएको छ । बैंकले रिजर्भको आकार भने स्थिर राख्दा २ अर्ब १७ करोड रुपैंया कायम भएको छ ।

बैंकको खुद ब्याज आम्दानी १६३ करोडबाट २१९ करोड, गैरब्याज आम्दानी ३५ करोडबाट ४४ करोड पुग्दा कर्मचारी खर्च ५२ करोडबाट ७० करोड तथा सञ्चालन खर्च ३१ करोडबाट ४४ करोड रुपैंया पुगेको देखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया