राजेन्द्र खेतानको बैंकले कमायो एक अर्ब २ करोड

४ बर्ष अगाडि

काठमाडौं – व्यापारी राजेन्द्र खेतानको बैंकको रुमपा परिचित लक्ष्मी बैंकको नाफा रु १ अर्ब नाघेको छ । बैंकले चालु आर्थिक वर्षको चैत महिनासम्म रु १ अर्ब २ करोड ९६ लाख खुद मुनाफा कमाएको हो ।

यो अघिल्लो वर्षको सोही समयको भन्दा रु १६ करोडले बढी हो । चैत मसान्तसम्म बैंकको निक्षेप रु ७८ अर्ब ६६ करोड तथा कर्जा प्रवाह रु ७३ अर्ब ९६ करोड पुगेको छ ।

 बैंकले रिजर्भको आकार भने स्थिर राख्दा रु २ अर्ब १७ करोड कायम भएको छ ।

बैंकको खुद ब्याज आम्दानी रु एब अर्ब ६३ करोडबाट दुई अर्ब १९ करोड, गैरब्याज आम्दानी रु ३५ करोडबाट रु ४४ करोड पुग्दा कर्मचारी खर्च रु  ५२ करोडबाट रु ७० करोड तथा सञ्चालन खर्च रु ३१ करोडबाट रु ४४ करोड पुगेको छ ।

बैंकको कस्ट अफ फण्ड ७.७३ बाट घटेर ७.३२ प्रतिशत तथा आधार ब्याजदर ११.३५ प्रतिशतबाट घटेर १०.२६ प्रतिशतमा झर्दा स्प्रेडदर ३.६१ प्रतिशतबाट बढेर ४.१९ प्रतिशत पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया