बैंक अफ काठमाडौंले नौ महिनामा कमायो १ अर्ब २० करोड नाफा

४ बर्ष अगाडि

काठमाडौं – बैंक अफ काठमाडौँले चालु आवको  ९ महिनाको अवधिमै रु १ अर्ब २० करोड नाफा कमाएको  छ । अघिल्लो वर्षको सोही अवधिको नाफा २९ प्रतिशतले बढेको हो ।

बैंकले उक्त अवधिमा रु ८१ अर्ब निक्षेप संकल गरी रु ७१ अर्ब कर्जा प्रवाह गरेको छ ।

बैंकको रिजर्भको आकार भने रु १ करोड रुपैंयाले घटेर रु ३ अर्ब ६० करोडमा झरेको छ ।

बैंकको कस्ट अफ फण्ड ८.०१ प्रतिशतबाट घटेर ७.३७ प्रतिशत, आधार ब्याजदर १०.७८ प्रतिशतबाट घटेर १०.०७ प्रतिशतमा झर्दा बैंकले ब्याजको स्प्रेडदर ४.०४ प्रतिशतबाट बढेर ४.२८ प्रतिशत पुगेको छ ।

बैंकको नाफाको उक्त बढोत्तरीमा ब्याज आम्दानीको महत्वपूर्ण योगदान छ । बैंकको ब्याज आम्दानी अघिल्लो वर्ष रु २ अर्ब ६ करोड रहेकोमा यो वर्ष रु २ अर्ब ७३ करोड पुगेको देखिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया