स्ट्यान्डर्ड चार्टर्ड बैंकले कमायो एक अर्ब ७३ करोड नाफा

४ बर्ष अगाडि

काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षएको नौ महिनामा नाफा रु एक अर्ब ७३ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको रु १ अर्ब ५५ करोडको नाफालाई करिब रु १८ करोडले बढाएर उक्त आकारमा पुगेको हो ।

रु ८ अर्ब १ करोड चुक्ता पुँजी भई रु ७० अर्ब ८१ करोड निक्षेप तथा रु ५३ अर्ब ४६ करोड कर्जा प्रवाह गरेको बैंकले उक्त अवधिमा रिजर्भको आकार करिब रु ७६ करोडले बढाएर रु रु ४ अर्ब ५१ करोड पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी रु २ अर्ब ३९ करोडबाट रु २ अर्ब ५५ करोड पुग्दा गैरब्याज आम्दानी रु ४४ करोडबाट ५३ करोड पुगेको छ ।

बैंकको कस्ट अफ फण्ड अघिल्लो वर्षभन्दा १.६१ प्रतिशतले बढेर ५.४१ प्रतिशत पुगेको छ भने आधार ब्याजदर ७.२० बाट ७.७४ प्रतिशत पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया