काँचो अन्डा खानु शरीरका लागि हानिकारक

४ बर्ष अगाडि

काठमाडौँ – अध्यनका अनुसार काँचो अण्डा खानु शरीरका लागि हानिकारक मानिन्छ । 

अन्डामा भएको पोषणका कारण यसलाई खानाको प्याकेज पनि भनिन्छ । तर, पाकेको अन्डा खाएमा मात्र शरीरलाई फाइदा मिल्छ । काँचो अन्डा शरीरका लागि हानिकारक हुन्छ । 

काँचो अन्डाका बेफाइदा

-काँचो अन्डामा साल्मोनेला ब्याक्टेरिया हुन्छ । यसले मानिसको रोगप्रतिरोधी क्षमतामा ह्रास ल्याउँछ । काँचो अन्डाले संक्रमणको सम्भावनासमेत बढाउँछ ।
-काँचो अन्डामा भएको प्रोटिनलाई शरीरले पूर्ण रूपमा ग्रहण गर्न सक्दैन । जसका कारण शरीरको मांशपेशी कमजोर बन्दै जान्छ ।
-काँचो अन्डाका कारण शरीरले बायोटिनको समेत पर्याप्त मात्रामा ग्रहण गर्न सक्दैन । यसो हुँदा शरीरमा ग्लुकोज निर्माण प्रक्रियामा नकारात्मक असर पार्छ । परिणाम शरीरमा कमजोरी पनि बढ्न सक्छ ।
-काँचो अन्डामा भएको ब्याक्टेरियाले अपच गराउन सक्छ । काँचो अन्डा खाँदा ‘फुड प्वाइजन’को पनि खतरा हुन्छ ।

अन्डा खानुअघि
-अन्डालाई प्रयोग गर्नुभन्दा पहिले नुनपानीले सफा गर्नुपर्छ ।
-अन्डालाई लामो समयसम्म भण्डार गरेर राख्नु हुँदैन । यसो गर्दा अन्डा बिग्रन थाल्छ ।
-यदि अन्डामा कुच्चिएको वा रङ बदलिएको छ भने किन्नुहुँदैन । यस्ता अन्डा प्रायः बिग्रिएका हुन्छन् ।

यसरी खान सकिन्छ
-अन्डालाई उमालेर वा अम्लेट बनाएर खान सकिन्छ । उमालेको अन्डा दूधसँग खानु स्वस्थकर मानिन्छ । यदि तौल बढाउनका लागि अन्डा खाने हो भने यसको करी र भुजिया बनाएर प्रयोग गर्न सकिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया