लगानीकर्ताको पैसा उठाएर कहाँ भागे व्यापारीका यी कम्पनी

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्जमा व्यापार उपसमूहमा ४ वटा कम्पनी सूचीकृत छन् । त्यसमा सूचीकृत भएका ४ कम्पनी मध्ये २ वटा  कम्पनीको सेयर नियमित कारोवारमा छन् भने २ वटा कम्पनी कुन अवस्थामा छन् हालसम्म पत्तो लागेको छैन ।

नेप्सेमा कूल २२३ कम्पनी सूचीकृत छन् । तर नियमित कारोवार गर्ने कम्पनी भने मात्रै १८० को हाराहारीमा छन् । सेयर बजारमा सेयर सूचीकृत गर्ने तर कारोवार नै नगर्ने, सेयरधनीलाई कुनै पनि प्रकारको मुनाफा समेत नदिने तथा कुनै पनि प्रकारको वास्ता समेत नगर्ने प्रवृत्ति हावी भएको देखिन्छ ।

नेप्सेका अनुसार व्यापार उपसमूहको नेपाल टे«डिङ लिमिटेडको कूल ५० हजार कित्ता सेयर सूचीकृत छन् । तर कारोवार बन्द भएको लामो समय भयो । सो कम्पनी हाल कुुन अवस्थामा छ  र कुन रुपमा रहेको छ भन्ने जानकारी सेयर लगानीकर्ताले थाहा पाउन सकेका छैनन् ।

यस्तै नेपाल बेल्फेयर कम्पनी लिमिटेडको हालत पनि उस्तै रहेको छ । सो कम्पनीको पनि सेयर कारोवार नभएको लामो समय भयो । कम्पनी कुन अवस्थामा कुन रुपमा कहाँ छ भन्ने जानकारी पाउन सेयरधनीले सकेका छैनन ।

सो कम्पनीको कूल ४१ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको पाइएको छ । तर सेयरधनीले कम्पनीको अवस्था के कस्तो अवस्थामा छ भन्ने जानकारी पाउन सकेका छैनन । नाफा कमाउन भनेर खराीद गरेको सेयर करिब शून्य अवस्थामा रहेको छ ।

व्यापार समूह मै रहेको विशाल बजार कम्पनीको भने सेयर बजारमा नियमित कारोवार भइरहेको छ । कूल ४ लाख ९१ हजार ४०० कित्ता सेयर सो कम्पनीको नेप्सेमा सूचीकृत छ । प्रतिकित्ता १ हजार ६७२ मूल्यमा खरीद बिक्री भइरहेको विशाल बजारले सेयरधनीलाई समेत नियमित नै प्रतिफल दिइरहेको छ ।

यस्तै साल्ट टे«डिङ कम्पनीको पनि सेयर नियमित कारोवार भइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया