स्वाभिमान र जनसेवीको साधारण शेयर बिक्री सुरु, गर्ने होइन लगानी ?

४ बर्ष अगाडि

काठमाडौँ –  स्वाभिमान लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाले आजदेखि साधारण शेयर बिक्री सुरु गरेका छन् ।

दुबै संस्थाले पहिलो चरणमा वैशाख ३१ गतेसम्म शेयर बिक्री गर्ने छन् ।  पहिलो चरणमा शेयर बिक्री नभएको खण्डमा ढिलोमा जेठ २६ गतेसम्म बिक्री गर्ने छन् ।

स्वाभिमान लघुवित्तले सर्वसाधारणतर्फको एक लाख ९८ हजार ६१० कित्ता र जनसेवीले चार लाख ६३ हजार ३०० कित्ता शेयर निष्काशन गर्ने भएका हुन ।  

स्वाभिमानले ३ हजार ९३ कित्ता कर्मचारीका लागि, ९ हजार ९३० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।

संस्थाले प्राथमिक शेयर निष्काशन गरेसँगै संस्थापक तर्फको चुक्ता पूँजी चार करोड २० लाख र सर्वसाधारण तर्फको रु एक करोड ९८ लाख सहित जम्मा ६ करोड १८ लाख पुग्नेछ ।

सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवदेन दिन सक्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले उल्लेख गरेको छ ।

जनसेवी लघुवित्त वित्तीय संस्थाले ७ हजार १४५ कित्ता कर्मचारीका लागि र २३ हजार १६५ कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सर्वसाधारणको लागि बिक्री गरेको छ। सर्वसाधारणले न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

प्राथमिक शेयरमा आवदेन दिनको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाका लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरमा खाता खोलेकाले अनलाइनबाटै आवेदन दिन सकिनेछ।

४ बर्ष अगाडि

प्रतिक्रिया