हिमालयन बैंकले कमायो २ अर्ब १ करोड

४ बर्ष अगाडि

काठमाडौं – हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा रु २ अर्ब १ करोड मुनाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकलेरु १ अर्ब ८४ करोड थियो ।

चालू आवको तेस्रो त्रैमासमा यो बैंकले व्याज आम्दानीबाट रु २ अर्ब ९७ करोड कमाएर रु १ अर्ब ७१ करोड व्याज भुक्तानीमा खर्च गरेको छ ।

यसवापत बैंकलाई खुँद व्याज आम्दानी रु १ अर्ब २५ करोड भएको छ । यो अवधिमा बैंकले कमाएको नाफा रु ६४ करोड ७० लाख रहेको छ । अघिल्लो वर्षको सो अवधिमा पनि बैंकले कमाएको नाफा रु ४८ करोड ६५ लाख मात्रै थियो ।

यो बैंकको शेयर पुँजी रु ८ अर्ब ५२ करोड रहेको छ । यसले गत चैत सम्ममा ग्राहकबाट रु १ खर्ब ८ अर्ब रुपैयाँ संकलन गरेर रु ९३ अर्ब ७७ करोड ऋण दिएको छ ।

बैंकको  खराब कर्जा अनुपात १.३१ प्रतिशत र औसत व्याजदर ४.५० प्रतिशत छ । यसको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५२ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया