हिमालयन बैंकको शंकास्पद भूमिकाले १७ हजार लगानीकर्ता तनावमा, कारण छ यस्तो

६ बर्ष अगाडि

काठमाडौं– हबिब बैंक पाकिस्तानको  समेतको लगानी भएको बैंक हो,  हिमालयन बैंक । यो बैंकले  गत चैत २८ गते राष्ट्र बैंकले तोकेको न्युनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन  साधारणसभाबाट २५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेपनि अहिले अन्योलताको अवस्था सिर्जना भएको छ । 
उक्त बोनस शेयर बैंककै कारण  चुक्ता पुँजीमा सूचीकरण हुन नसक्दा लगानीकर्ता प्रभावित भएका छन् ।  
बैंकले बोनस सेयर पारित गरेर र चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएपनि  सञ्चालक समितिको संख्या घटाउन आनाकानी गरेपछि  समस्या निम्तिएको हो ।  राष्ट्र बैंकले सञ्चालक समिति घटाउन ताकेता गर्दै  आएको छ भने उसले विभिन्न बहानाबाजी गर्दै त्यसमा आनाकानी गर्दै आएको छ । 
राष्ट्र बैंक निकट स्रोतले बैंकले तोकेको न्युनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएपनि सञ्चालक समितिको संख्या घटाउन आनाकानी गरेकाले बोनस शेयर चुक्ता पुँजीमा सूचीकरण हुनबाट  रोकिएको जानकारी दिएको छ । 
राष्ट्र बैंकका एक अधिकारीले भने, ‘ नियमअनुसार सञ्चालक समिति कायम गर्न भनेका छौं । तर, उहाँहरुले मान्नु भएको छैन ।   निर्देशनलाई बैंकले अटेर गरेपछि साधारण सभाबाट पारित भएको बोनस सेयरलाई चुक्ता पुँजीमा सुचिकरण गर्नबाट हाल रोकेका छौं ।’ उनले यसमा राष्ट्र बैंक पछि नहट्ने पनि स्पष्ट पारे । 
बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन अनुसार सञ्चालक समिति बढीमा सात जना हुनुपर्ने व्यवस्था छ । 
हिमालयन बैंकमा (२० प्रतिशत), कर्मचारी सञ्चयकोष (१४ प्रतिशत), मनोज बहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनी (१२.७१ प्रतिशत), उनकै समुहको छायाँ इन्टरनेशनल(८.८९) राणा समुहको आभा इन्टरनेशनल (११.३८ प्रतिशत) र खेतान समुहको म्युचुअल ट्रेडिङ (११.८५ प्रतिशत)  शेयर लगानी रहेको छ ।  सर्वसाधारण तर्फ भने जम्मा १५ प्रतिशतमात्र सेयर दिइएको छ । 
राष्ट्र बैंकले स्विकृति नदिएसम्म कम्पनी रजिष्ट्रारको कार्यालयले लिखत नराख्ने भएकाले बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीचकृत हुन सक्तैन ।  यसले गर्दा १७ हजार लगानीकर्ता समेत प्रभावित मात्रै भएका छैनन्, यसकै कारण तनावमा समेत परेका छन् । 
 बैंकले नियमअनुसार  सञ्चालक समिति नबनाएपछि कतै भित्रभित्रै अनिममितता त  भएको  छैन भनि कतिपयले आशंका व्यक्त गरेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया