'बैंक पनि साथी पनि' नारा दिने एनआइसि एशियामा यसरी हुन्छ लुटपाट

४ बर्ष अगाडि

काठमाडौँ – सबैभन्दा आक्रामक विज्ञापन गर्ने र कर्मचारीलाई तलब सुविधा नदिने बैंकको रुपमा परिचित छ एनआइसि एशिया बैंक । सो बैंकमा कर्मचारीमाथि चरम शोषण हुने गरेको पाइएको छ । 

बैंकले कर्मचारीको चर्को श्रम शोषण गरेको पत्ता लागेर पुष्टि समेत भएपनि कुनै पनि सञ्चार माध्यममा समाचार आउन त परै जाहोस् कोही कसैले पनि उजुरी समेत लिन नमानेको पाइएको छ । 

बैंकका  एक कर्मचारीले बैंकले कार्यालय समयभन्दा निकै समय बढी काममा पेलाउने तर त्यसवापत थप रकम नदिने गरेको दुखेसो पोखेका छन् । उनले बैंकमा जो रातीसम्म बस्छ उसैलेमात्र राम्रो काम गर्ने गरेको भन्ने भ्रम फैलिएकाले रात विरातसम्म बसेर काम गर्नुपरेको दुखेसो पोखेका छन् । तर त्यस वापतको तलब सुविधा नदिएर बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले ज्यादती गरेको  कर्मचारीहरुको भनाइ छ ।

श्रम ऐनले कतिसम्म काम गर्न पाइने भन्ने स्पष्ट व्यव्स्था गरेको  छ ।तर कानुन विपरित एनआइसी एसिया बैंकले आफ्ना कर्मचारीहरुलाई रातीसम्म काम गराउने गरेको पाइएको छ ।  कार्यालय समय सकिने बेलामा असाइन्मेन्ट आउँछ । बेलुकी १० बजेपछी घर गएको त कति दिन छ कति  ती कर्मचारीले भने । 

बैंकले विज्ञापनमा ’बैंक पनि साथी पनि भन्ने नारा राखेको छ । तर कर्मचारीले भने त्यसलाई मलिाएर  कर्मचारीलाई दिन पनि रातपनि बनाएका छन् ।  बैंकले आफ्ना प्रचार सामाग्रीमा बैंक पनि साथी पनि भन्ने नारा राखेको छ । तर एनआइसी एसिया बैंकमा कर्मचारीको हकमा भने त्यो दिनपनि, रात पनि हुन थालेको अधिकाशं कर्मचारीले बताएका छन् । कर्मचारीलाई पेल्ने, समयमा तलब नदिने, नाफाको हिसाब भने अर्ब माथि देखाउन बैंकका साहुजी र प्रमुख कार्यकारी अधिकृत लागेको कर्मचारीको गुनासो छ । 

कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी गरेपनि सुनुवाई नभएको बताइन्छ ।  अधिकांस मिडियालाई बैंकले किनेका कारण समाचार समेत प्रकाशन गर्न नसकिएको कर्मचारी गुनासो गर्छन । हरेक मिडियालाई विज्ञापन दिएर बैंकले फकाएको छ ।   ब्याज प्रकरण र स्विफ्ट प्रकरणमा समेत नबोलेका मिडिया हाम्रो लागि किन बोल्थे र । कर्मचारी गुनासो गर्छन । हरेक दिन जसो ज्यादतीका कारण एक दर्जन कर्मचारीले जागिर छाड्ने गरेका छन् भने इन्टर्नको रुपमा दैनिक पाँचदेखि सात जना सम्म प्रवेश गर्ने गरेका छन् । 

बैंकमा पछिल्लो समय काण्ड नै काण्ड घटेका छन् । पछिल्लो पटक दुर्घटित स्वीफ्ट प्रकरणको पैसा अझै फिर्ता भएको छैन । साना तहका कर्मचारी मारमा परेपनि ठूला तहका कर्मचारी भने हाइसन्चो रहेको छ ।  बैंकको उपल्लो तहका कर्मचारीहरु मनपरी हिसावले चलिरहेका छन् । जुन बैंकिङ ऐन विपरित रहेको छ । बैंकको सञ्चालक समितिलले समेत उक्त ऐन विपरित काम गरिरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया