यस्ता छन् महिलाका चलेका हेयर स्टाइल

४ बर्ष अगाडि

स्टाइलिस देखिन कपाल एकदमै महत्वपूर्ण पाटो हो । कपालको सुन्दरताले मानिसको व्यक्तित्वमा प्रभाव पार्छ । हिजोआज बजारमा विभिन्न किसिमका हेयर स्टाइल चलनचल्तीमा छन् । खासगरी, युवतीहरू आफूलाई स्टाइलिस देखाउन चाहन्छन् । फलस्वरूप बजारमा आइरहने स्टाइललाई उनीहरूले अपनाइरहेको पाइन्छ । त्यसैले, आफ्नो रूप, रङ, बनोट र स्वभावका आधारमा मनपर्ने हेयर स्टाइल राख्न सकिन्छ ।

जसले गर्दा स्टाइलिस देखिनुका साथै सहजसमेत महसुस होस् । यद्यपि, लामो कपाल हुनेलाई गर्मी मौसम कष्टकर हुने गरेको छ । यस्तो वेला कपाल छाडेर हिँड्न गाह्रो हुन्छ । त्यस्तै, यो मौसममा धुलोधुवाँ पनि बढी हुने भएकाले कपालको स्याहार गर्नसमेत गाह्रो हुन्छ । यसर्थ, समर सिजन सुहाँउदो गरी कपाल काट्न आवश्यक छ । हेयर स्टाइलमा ध्यान दिएर आफूलाई स्टाइलिस देखाउन सकिन्छ । यसर्थ, गर्मीमा युवतीले यस्ता हेयर स्टाइल बनाउँदा उपयुक्त हुन्छ । 

 हेयरकट
कपाललाई स्वस्थ राख्न, राम्रो र स्टाइलिस बनाउन हेयरकट उपयुक्त हुन्छ । यसमा लामो कपाललाई छोटो पारेर काट्ने गरिन्छ । जुन पछिल्लो समयमा धेरै चलेको हेयर स्टाइल हो । आफूलाई मनपर्ने लम्बाइ र आकारमा कपाललाई काटेर आकार दिन सकिन्छ ।
 एज कलर
पछिल्लो समय चलेका हेयर स्टाइलमध्ये एज कलर पनि हो । आजकल, अधिकांश युवतीले कपालमा खैरो र हल्का पहेलो खालको रङ राख्ने गर्छन् । विशेषगरी, मंगोलियन अनुहार र गोरो छाला भएकाका लागि यस्तो रङ बढी सुहाउँछ । त्यस्तै, गहुँगोरो छाला भएकालाई हलुका नीलो र पर्पल कलर राम्रो देखिन्छ । जुनसुकै आकारको कपाललाई पनि कलर गरेर स्टाइलिस बनाउन सकिन्छ ।
 मेरी टप नट
गर्मीमा सजिलोका लाधिग कपाल बाँध्ने गरिन्छ, जसलाई मेरी टप नट भनिन्छ । यसमा पोनिटेल अर्थात् घुमाएर बाँध्ने , स्पाइरल, ब्याडलक बनाउने वा माथि जुरो बनाएर बाँध्ने गरिन्छ । सामान्यतया, सबै कपाललाई माथि लगेर मुठो पारेर बाँधिन्छ । साथै, आधा बाँधेर र आधा छाडेर पनि फरक लुक्स दिन सकिन्छ । 
 ट्रेडिसनल लुक्स
ट्रेडिसनल लुक्स पनि युवतीहरूले धेरै रुचाउने गरेका छन् । यसमा कपाललाई दुवैपट्टिबाट बाटेर पछाडि लगिन्छ र पछाडिको कपाल स्टाइलिस गरेर बाटिन्छ । अनि, जुरो बनाएर यो स्टाइल बनाइन्छ । यो खासगरी उत्सव, पर्व वा भोज आदिका लागि उपयुक्त हुन्छ ।
 फ्रन्ट पफ
फ्रन्ट पफ स्टाइल गर्मी मौसममा युवतीमाझ बढी लोकप्रिय छ । यसमा अगाडिको कपाल अलिकति उठाएर माथि क्लिपले बाँधिन्छ । यसलाइ पफ बनाउने पनि भनिन्छ । आफूलाई पनपर्ने गरी पछाडिको कपाल जुरो बनाउन वा बाट्न सकिन्छ अथवा खुला नै छाड्न सकिन्छ । 

 अन्डरकट
अन्डरकटमा अगाडिको कपाललाई छाडेर दायाँ र बायाँको कपाललाई छोट्याउने गरिन्छ । युवामाझ लोकप्रिय रहेको यो स्टाइल हिजोआज युवतीले पनि अपनाउन थालेका छन् । यसले कपालसँगै अनुहारको लुक्सलाई समेत परिवर्तन गर्छ । 
 स्ट्रेट
कपाललाई सीधा बनाउने चलनले क्लासिक लुक दिने गर्छ । यो एकदमै सजिलो तरिका हो । जस्तोसुकै पहिरनमा पनि यो फिट देखिन्छ । कपाललाई खुला छाड्ने भएकाले मिलाउन सहज र स्याहार गर्न पनि सजिलो हुन्छ । यसमा अगाडिको थोरै कपाललाई पछाडि लगेर पिनले बाँध्नसमेत सकिन्छ । यसो गरेमा झन् स्टाइलिस देखिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया