अफगानी संसदको सांस्कृतिक सल्लाहकार मीनाको हत्या

४ बर्ष अगाडि

अफगानिस्तान – अफगानिस्तानको संसदको सांस्कृतिक सल्लाहकार रहेकी पूर्वपत्रकार मीना मंगलको हत्या भएको छ । 

राजधानी काबुल पूर्वी क्षेत्रमा शनिबार दिउँसै उनीमाथि गोली हानी हत्या गरिएको हो । आइतबारसम्म हत्याको जिम्मेवारी कसैले पनि लिएको छैन । 

पत्रकारिता छाड्नुअघि विभिन्न टेलिभिजन नेटवर्कमा सन्चालन गर्ने कार्यक्रमका कारण उनी चर्चित थिइन् । अफ्गानिस्तानको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयका प्रवक्ता नसरत राहिमीले उनको हत्याको पुष्टि गरेका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया