श्रीमतिले विष पिलाएको भन्दै मर्नुअघि एक पुरुषले भिडियो बनाएपछी...

४ बर्ष अगाडि

भारत – भारत उत्तर प्रदेशको आगराका एक पुरुषले आफू मर्नुभन्दा केहीअघि एक भिडियो बनाउँदै श्रीमतिले मार्न खोजेको आरोप लगाएका छन् । 

मृत्युअघि रेकर्ड गरिएको भिडियोमा अवधेश नामका ती व्यक्तिले श्रीमतिले दुधमा विष मिसाएर पिउन दिएको बताएका हुन् । यो घटना शनिबार राति भएको हो ।

अवधेशको मृत्युको चार दिनअघि मात्रै ससुरालीतर्फका नातेदार उनको घरमा आएको जनाइएका छ । ससुरातीतिरकाले पनि अवधेशमाथि श्रीमति कुट्ने गरेको आरोप लगाएका छन् । 

‘यो घटनामाथि अनुसन्धान भइरहेको छ, दोषीमाथि कारवाही हुनेछ,’ बरिष्ठ प्रहरी अधिकारी अमित पाठकको भनाई उद्धृत गर्दै एनडीटीभीले छापेको समाचारमा छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया