चिसो पानीले नुहाउँदा हुन्छ यस्ता ६ फाइदा

४ बर्ष अगाडि

गर्मी मौसममा प्राय सबै मानिसलाई चिसो पानीले नुहाउन मन पर्छ । यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै शरीर सफा राख्नमा मद्दत गर्छ । यति मात्र नभई चिसो पानीले नुहाउँदा मस्तिष्कलाई ठन्डा बनाउँछ ।

चिसो पानीले नुहाउँदा हुने फाइदा

१. चिसो पानीले नुहाउँदा शरीरमा रहेको यूरिक एसिडलाई चलायमान बनाउनुका साथै बिभिन्न चोटपटक लागेका दाग तथा खतमा बस्ने ब्याक्टेरिया हटाउन मद्दत गर्छ ।

२. चिसो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमतामा बृद्धि ल्याउनमा मद्दत गर्छ ।

३. चिसो पानीले नुहाउँदा शरीरमा आनन्द आउनुका साथै यसले शरीरमा रक्तसञ्चार प्रक्रियालाई प्रभावकारी बनाउँछ ।

४. यसले शरीरमा रोगसंग लड्न सक्ने क्षमत अर्थात् रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ ।

५. चिसो पानीले नुहाउँदा शरीरमा आँफै तापको मात्रामा बृद्धि हुन्छ जसले पाचन प्रक्रियालाई मजबुद बनाउँछ ।

६. यदि तपाइँ ब्यस्त भई थकित महसुस गर्नुभएको छ भने चिसो पानीले नुहाउनुस् यसले तपाइँको थकान कम गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया