सर्भेमा देखिएको रोचक कुरा: कट्टु नधोई लाउनेमा पुरुष अगाडी –अध्यन

४ बर्ष अगाडि

काठमाडौँ – तपाईँले लगाएको भित्री कट्टु कति दिनमा फेर्नुहुन्छ ? फेरेपछि धुनु हुन्छ नि ? तर हालै गरिएको एक सर्भेक्षणले गजवको नतिजा देखाएको छ ।

इन्टरनेट मार्केट रिसर्च पोर्टल युगोभले गरेको सर्भेका अनुसार ९३ प्रतिशत महिलाले एक पटक लगाएको आफ्नो भित्री कट्टु अर्को पटक लगाउनु अघि धुन्छन् । तर त्यस्तो बानी गर्ने पुरुषहरु भने ८२ प्रतिशत मात्रै भेटिएका छन् । अर्थात १८ प्रतिशत पुरुषहरुले एउटै कट्टु पटक पटक तथा कयौँ दिनसम्म नफेरी नधोई लगाउँदछन् ।

सो पोर्टलका अनुसार पुरुषहरुले आफ्नो भित्री कट्टु कयौँ दिनसम्म नफेरी लगाउने गरेको वा नधोई पटक पटक लगाउने गरेको स्वीकारेका छन् ।महिलाहरुले भने सर्भेको यो नतिजा पछि पुरुषहरुको सो बानी घिनलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।

सर्भेमा देखिएको रोचक कुराहरु

सर्भेमा दावि गरिएको छ कि पुरुषहरु महिलाको तुलनामा बढी फोहोरी हुँदा रहेछन् ।
पुरुषहरुले आफ्नो विच्छ्यौनामा लगाएको तन्ना चाह हप्तासम्म पनि नधोई प्रयोग गर्न सक्छन् । महिलाहरुले त्यस्तै गरी तीन हप्तासम्म उपयोगमा ल्याउन सक्छन् ।
काम गर्ने टेवलकै जाँच गर्ने हो भने पनि महिलाको तुलनामा पुरुषको टेवलमा १० प्रतिशत बढी व्याक्टेरिया हुन्छ ।
हात धुनमा पनि महिला अगाडी छन् । ७८ प्रतिशत महिला हात धुनका लागि सावुनको प्रयोग गर्छन तर पुरुषहरु जम्मा ५० प्रतिशतले मात्रै ।

आखिर यस्तो किन ?

दर्शनशास्त्रका प्राध्यापक शरीन क्लफ भन्छन्, यस्तो बच्चाको साथमा घरैमा अलग अलग व्यवहारका कारण हुने गर्छ । उनले भने, ‘बालकको तुलनामा बालिकाको कपडा बढी परिवर्तन हुन्छ ।’

प्रा क्लफका अनुसार केटीहरु केटा जस्तै खेलमा भाग लिदैनन् । उनीहरु धेरै जसो घरभित्रै बस्छन र खेल्छन् । यसले गर्दा पनि केटाको तुलनामा केटी स्वस्थ रहन्छन् । यो उमेर बढेसक्दासमेत हुन्छ ।बीबीसी 

४ बर्ष अगाडि

प्रतिक्रिया