नेपाल आईडलका अमित बरालको “यता मेरो रगतले"मा,दिलिप रायमाझी र सम्पदा (भिडियोसहित)

४ बर्ष अगाडि

काठमाडौँ – नेपाल आईडल सिजन २ का उत्कृस्ट ५ प्रतिस्पर्धी मध्येका एक प्रतिस्पर्धी अमित बरालको स्वरमा अर्को नयाँ गीत “यता मेरो रगतले“ सार्बजनिक भएको छ । 

सार्बजनिक गीतमा मोनी गौतमको शब्द रचना अनि एन के ब्रदरको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।  
 
वैदेशिक रोजगारको लागि गएको युवाले निर्दोष हुदाँ दुख पाएको भावलाई लाई प्रस्तुत गरिएको भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका छन् ।  भिडियोमा नायक दिलिप रायमाझी, सम्पदा बानियाँ, समिप न्यौपाने फिचर्ड छन् ।

राम लुइटेलको निर्माणमा बनेको भिडियो लाई उत्सव दाहालले खिचेको हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन् । यस्तै  भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया