२८ वाणिज्य बैंक मध्ये एनआइसी एशिया बैंकको नाफा सबैभन्दा बढी, कति कमायो बैंकले ?

४ बर्ष अगाडि

काठमाडौँ –  एनआइसी एशिया बैंकले रु दुई अर्ब २७ करोड नाफा गरेको छ। बैंकले गत बर्षको तुलानामा १९ प्रतिशतले खुद व्याज आम्दानी बढाएर नाफा बढाउन सफल भएको हो ।

चैत मसान्तसम्ममा बैंकले रु  सात अर्ब ३७ करोड खुद व्याज आम्दानी आर्जन गरेको छ भने गत बर्ष रु ६ अर्ब १९ करोड आर्जन गरेको थियो।

चालु बर्षको नौं महिनासम्म सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले सबैभन्द धेरै नाफा आर्जन गरेको छ। सञ्चालनमा रहेका २८ बैंकमध्ये सर्वाधिक नाफा राष्ट्रिय बाणिज्य बैंकले गरेको हो।

बैंकले रु तीन अर्ब ४९ करोड नाफा गरेको छ । यो अघिल्लो बर्षको चैतको तुलनामा १३ प्रतिशत बढि हो ।

यसपटक २८ वाणिज्य बैंक मध्ये एनआइसी एशिया बैंकको नाफा सबैभन्दा बढी देखिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया